बाबुरामलाई निर्वाचन आयोगले काट्यो पत्र

नेपालभ्युज

बाबुरामलाई निर्वाचन आयोगले काट्यो पत्र

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

गोरखाको पालुङटार १ स्थित अन्नपूर्ण माध्यामिक विद्यालयको बुथमा मतदान गरेका भट्टराईले मतदानलगत्तै केही तस्वीर सार्वजनिक गरेका थिए, जसमध्ये एकमा स्वस्तिक छाप लगाएको मतपत्र देखिन्छ। गोप्य मतदानका क्रममा स्वस्तिक छापसहितको मतपत्र सार्वजनिक गर्न नपाइने भए पनि उक्त मतपत्र सार्वजनिक भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै बाबुरामलाई स्पष्टीकरण सोधिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा लेखिएको छ, ‘‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved