वालिङ जिप दुर्घटना अपडेट : मृतक १४ जना एकै वडाका

मतदातालाई मतदानस्थलतर्फ लैजाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट करीब १५० मिटर तल खसेको थियो।

नेपालभ्युज

वालिङ जिप दुर्घटना अपडेट : मृतक १४ जना एकै वडाका

काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका १४ मा भएको जिप दुर्घटनामा एकै वडाका १४ जनाको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा ज्यान गुमाउने १४ जना नै वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका हुन्।

दुर्घटनामा ४२ वर्षीया ज्ञानदली कुँवर, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भिमकला कुँवर र फुलदेवी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, दुर्घटनामा ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मिना कुँवर र ६३ वर्षीया माया पुनको पनि मृत्यु भएको छ।

घाइते भएका १२ जनाको उपचार भइरहेको वालिङका एसपी राजीव बहादुर बस्नेतले बताए। मतदातालाई मतदानस्थलतर्फ लैजाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट करीब १५० मिटर तल खसेको समेत उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved