सादा हरियो टिसर्टमा भेटिए कांग्रेस प्रतिनिधि

‘‘कस्तो एउटै रङको टिसर्ट मिलाएर लगाउनुभएको ?” टिप्पणी गर्दा एक कार्यकर्ताले भनिन्, ‘‘हामी उतैको हो नि।”

नेपालभ्युज

सादा हरियो टिसर्टमा भेटिए कांग्रेस प्रतिनिधि

काठमाडौं। स्थानीय तह निर्वाचनमा ३० प्रतिशतभन्दा बढी मत खसिसकेको छ। ठाउँठाउँमा झडप हुँदा मतदान प्रक्रिया बिथोलिएको छ। कतै कतै पनि रोचक र अस्वाभाविक दृश्य पनि देखापरेका छन्। तीमध्ये एक हो, काठमाडौं महानगरपालिका गौशालास्थित मतदान केन्द्र।

दिउँसो करीब १२ बजेतिर पुग्दा गौशाला मतदान केन्द्र नजिकै सडकमा नै मतदान प्रतिनिधिहरू टेबल राखेर बसेका थिए। दुई ओटा मतदान केन्द्रमध्ये एउटामा भने हरियो रङको टिसर्ट लगाएका दलीय प्रतिनिधि र कार्यकर्ता थिए। त्यसरी एकै रङको टिसर्ट लगाउनेहरू नेपाली कांग्रेसका कार्यकर्ता थिए।

‘‘कस्तो एउटै रङको टिसर्ट मिलाएर लगाउनुभएको ?” टिप्पणी गर्दा एक कार्यकर्ताले भनिन्, ‘‘हामी उतैको हो नि।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved