भाइरल बन्दै सीता रानामगरको ‘पुष्पा’ सेलिब्रेसन

नेपालभ्युज

1171521633620553

काठमाडौं। यतिबेला नेपाली क्रिकेटर सीता रानामगर विश्व क्रिकेट जगतमा चर्चामा छिन्। चर्चाको कारण हो उनको ‘पुष्पा’ सेलिब्रेसन

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउन्डर सीता हाल हङकङ क्रिकेटले आयोजना गरेको फेयर ब्रेक टी-ट्वान्टी क्रिकेट लिग खेलिरहेकी छिन्। टोर्नाडोज वोमेन टिमबाट खेलिरहेकी उनले पहिलो खेलमा नै साफेर्स वोमेनविरुद्ध एक विकेट लिइन्।

उक्त खेलमा आयरल्याण्डकी ओपनार ग्याबी लुइसलाई एलबीडब्लू धरापमा पारेपछि उनको विकेट सेलिब्रेसन शैली रमाइलो थियो।

सीताले यसै वर्षको चर्चित दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द राइज’ मा अभिनेता अल्लु अर्जनले प्रस्तुत गरेको ‘पुष्पा झुकेगा नहीँ’ शैलीमा सेलिब्रेसन गरिन।

उनको सेलिब्रेसन शैलीमा उनको टिमका सबै सदस्य निकै रोमाञ्चित बनेका थिए। यसपछि उनको यो विकेट सेलिब्रेसन सामाजिक सञ्जालमा भाइरल भैरहको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि ‘सामाजिक सञ्जालमा हाल चर्चित बनिरहेको नेपालकी सीता रानामगरको सेलिब्रेसन’ शीर्षकमा उनको भिडिओलाई पोष्ट गरेपछि सीताको चर्चा झन् चुलिएको छ।

‘‘नेपाली वीर गोर्खालीका रूपमा परिचित छन्, जो झुक्न जान्दैनन्। ‘पुष्पा’ चलचित्र को मुख्य पात्रको ‘पुष्पा’ शैली पनि नेपालीहरूसँग मेल खान्छ, त्यसैले सेलिब्रेसनका क्रममा त्यसो गरेकी हुँ,’’ सीताले एक अन्तरवार्तामा बताएकी छन्।
जारी प्रतियोगितामा हरेक विकेट लिएपछि उनले यो सेलिब्रेसन शैलीलाई निरन्तरता दिने गरेकी छिन्।

यसअघि गत महीना पुरुष टिमका खेलाडी करण केसीले पनि कीर्तिपुरमा पीएनजीसँगको खेल दौरान गरेको यस्तै ‘पुष्पा’ सेलिब्रेसनले निकै चर्चा पाएको थियो।

आईसीसीको मान्यता प्राप्त यो क्लब क्रिकेट प्रतियोगिता, फेयर ब्रेकमा विश्व भरीका ३५ देशका खेलाडीहरूले ६ टिमबाट प्रतिस्पर्धा गरिरहेका छन्। यो प्रतियोगितामा सीतासँगै नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले पनि सहभागिता जनाएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved