भारतमा चार करोड ३१ लाख भन्दा बढी कोरोना संक्रमित

नेपालभ्युज

भारतमा चार करोड ३१ लाख भन्दा बढी कोरोना संक्रमित

नयाँ दिल्ली। भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३१ लाख १३ हजार ४१३ पुगेको छ।

बुधबारसम्म दुई हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढेकाे हाे।

विगत केही महीनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनःकेही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको थियो।

गत मङ्गलबार र बुधबार भने केही कमी देखिएको हो। हाल राजधानीमा पाँच हजार २०२ जना सक्रिय संक्रमित छन्।

बुधबार थप २४ जनाको मृत्यु भएपछि देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख २४ हजार १८१ पुगेको छ। भारतभरी अझै पनि सक्रिय संक्रमित १९ हजार ६७ रहेकाे भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा केही महीनायताबाट सक्रिय संक्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय संक्रमित बढेको पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved