बहिस्कार होइन, देशभक्त तथा प्रगतिशील उम्मेदवारलाई मतदान नै गर्छौँ : धर्मेन्द्र बास्तोला

बास्तोलाले अगाडि थपे, “पार्टीले निर्वाचनमा भाग नलिने बरु स्वतन्त्र उम्मेदवार अघि सार्ने नीति लिएको छ। आफ्नो स्वतन्त्र उम्मेदवार नभएको ठाउँमा हामी प्रगतिशील र देशभक्त उम्मेदवारको पक्षमा मतदान नै गर्छौँ।”

नेपालभ्युज

बहिस्कार होइन, देशभक्त तथा प्रगतिशील उम्मेदवारलाई मतदान नै गर्छौँ : धर्मेन्द्र बास्तोला
फाइल तस्वीर।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले आफूहरु स्थानीय तह निर्वाचन बिथोल्ने, बहिस्कार गर्ने पक्षमा नरहेको बताएका छन्।

बिहीबार बिहान पौने चार बजे भालुवाङबाट पक्राउ परेका बास्तोलाले साढे एघार बजे रिहा भएपछि नेपालभ्यूजसँग मतदान प्रक्रियामा सहभागी हुने बताएका हुन्।

“प्रहरीले बुटवलमा भएको विस्फोटपछि मलाई सोधपुछका लागि पक्राउ गरेको थियो। अहिले साढे एघार बजे रिहा गर्‍यो,” बास्तोलाले टेलिफोनमा भने, “हामी यो स्थानीय तह निर्वाचन बहिस्कार गर्ने, बिथोल्ने पक्षमा छैनौँ। पार्टीले निर्वाचनमा भाग नलिने तर निर्वाचनमा उठेका जनवादी, प्रगतिशील उम्मेदवारलाई सघाउने हाम्रो नीति हो।”

बास्तोलाले अगाडि थपे, “पार्टीले निर्वाचनमा भाग नलिने बरु स्वतन्त्र उम्मेदवार अघि सार्ने नीति लिएको छ। आफ्नो स्वतन्त्र उम्मेदवार नभएको ठाउँमा हामी प्रगतिशील र देशभक्त उम्मेदवारको पक्षमा मतदान नै गर्छौँ।”

बुधबार बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएपछि प्रहरीले बास्तोलालाई सोधपुछका लागि पक्राउ गरेको थियो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजित भएर हालै बास्तोलाको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन भएको छ।

स्थानीय तह चुनावलाई हेर्ने दृष्टिकोणमा मतभेद आएपछि विप्लव नेतृत्वको पार्टी विभाजित भएको थियो। विभाजनका पछाडि आर्थिक अपचलनका कुराहरु पनि रहेको दाबी नेताहरु स्वयंले गरेका छन्।

तर, चुनावमा सहभागी हुने किन नहुने भन्ने राजनीतिक मुद्दाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको थियो। एक नेता भन्छन्, “विप्लव समूह चुनावमा जान चाहेको र बास्तोलाहरुले चुनावमा सहभागी हुने अडान राखेका कारण पार्टी विभाजित भएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved