आज दिउँसो ३ बजेसम्म मतदाता परिचयपत्र लिन सकिने

नेपालभ्युज

आज दिउँसो ३ बजेसम्म मतदाता परिचयपत्र लिन सकिने

काठमाडौं। शुक्रबार स्थानीय निर्वाचन हुँदैछ। निर्वाचनका लागि अधिकांश स्थानमा तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौंमा पनि स्थानीय निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन्। सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदानस्थलमा खटिसककेको आयोगले जनाएको छ।

काठमाडौंको चाबहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भएको बताए। उनले नयाँ मतदाताहरुलाई नमूना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचनसम्बन्धी अन्य जानकारी पनि दिइएको बताए।

मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको काम आज दिउँसो ३ बजेसम्म चल्नेछ। त्यसपछिको समयमा भोलि हुने स्थानीय निर्वाचनका लागि बाँकी तयारी सक्ने र मतदातालाई सुरक्षित, भयरहित र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाले बताए।

उनले भने, ‘‘हामीले दुईदिन परिचयपत्र वितरण गर्ने कार्यक्रम राखेका छौँ। यो मतदान केन्द्रमा क र ख दुई मतदान केन्द्र रहेका छन्। सम्पूर्ण कर्मचारीहरु बिहानैदेखि काममा खटिसक्नुभएको छ। साथै हामीले भोट बदर नहुनेगरी भोट हाल्न सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी मतदाता शिक्षा दिइरहेका छौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved