कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना

डोटीमा बस दुर्घटना भएको छ। कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस बिहीबार बिहान डोटीमा दुर्घटना भएको हो।

नेपालभ्युज

कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना
सांकेतिक तस्वीर।

काठमाडौं।

बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको हो।

डोटीमा बस दुर्घटना भएको छ। कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस बिहीबार बिहान डोटीमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्।

उनीहरूमध्ये सामान्य घाइते भएकाहरूको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved