फेक अकाउन्टबाट मेरो दुष्प्रचार भयो : कुलमान घिसिङ

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगर्न उनले अनुराेध गरेका छन्।

नेपालभ्युज

फेक अकाउन्टबाट मेरो दुष्प्रचार भयो : कुलमान घिसिङ
कुलमान घिसिङ, फाइल तस्वीर।

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा फेक अकाउन्टबाट आफ्नो दुष्प्रचार भएको स्पष्ट पारेका छन्।

उनको नाममा बनेका नक्कली आईडीबाट निर्वाचन आचारसंहिताविपरीत पोष्टहरु आएपछि उनले उक्त आइडी आफ्नो नभएको स्पष्ट पारेका हुन्।

‘नेपाल विद्युत प्राधिकरण, मेरो नाम र तस्विर प्रयोग गरी खोलिएका नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ। मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’, कुलमानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगर्न उनले अनुराेध गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved