अलमुताइरी र खेलाडीबीचको विवाद अध्ययनका लागि छानबिन समिति गठन

नेपालभ्युज

अलमुताइरी र खेलाडीबीचको विवाद अध्ययनका लागि छानबिन समिति गठन
फाइल तस्वीर

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद जाँचबुझका लागि तीन सदस्यीय कमिटी गठन गरेको छ।

ललितपरस्थित एन्फाको मुख्यालयमा आइतबार बसेको कार्यसमितिको आकस्मिक बैठकले मुख्य प्रशिक्षक र खेलाडीको विवादको सत्यतथ्य पहिचान गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा कमिटी गठन गरेको हो। कमिटीमा पूर्वखेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका छन्। कमिटीलाई एन्फाले एक सातामा विवादको सत्यतथ्यसहित छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्ने निर्देशन दिएको छ।

एएफसी एशियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गत १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन्। प्रशिक्षक अलमुताइरीले पनि क्याम छाडेका खेलाडीको स्थानमा नयाँ खेलाडीलाई स्थान दिँदै प्रशिक्षण गराई रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved