‘संसद् विघटन गर्दा पनि बोल्न नसक्नेहरूबाट समाज रुपमान्तरण हुन सक्दैन’

नेपालभ्युज

‘संसद् विघटन गर्दा पनि बोल्न नसक्नेहरूबाट समाज रुपमान्तरण हुन सक्दैन’

बुटवल । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पटकपटक संसद् विघटन गर्दा पनि बोल्न नसक्नेहरूबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताइन्।

बुटवलमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा उनले राजनीतिक स्थायित्व नचाहनेहरूबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताइन्। नेकपा एमालेले जनतालाई झुक्याउने काम गरेको समेत उनले आरोप लगाइन्। “पानीजहाज, चुच्चे नक्सा र रेल ल्याउनेजस्ता सुन्दै रोमाञ्चकारी कुराले जनताको पेट भरिन्नँ”, उनले भनिन्, “वास्तविक धरातलमा उभिएर देशसुहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पूरा गर्ने गरी योजना बनाउनु अहिलेको आवश्यकता छ।”

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठबन्धनलाई इमानदारीताका साथ पालना गर्न सबैमा आग्रह गरे। “कुरा गर्न छोडेर काममा लागौँ, गठबन्धनलाई अगाडि बढाउन सबै इमान्दार बनौँ”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved