पाँचदलीय गठबन्धनबिना मुलुकको विकास असम्भव : देउवा

नेपालभ्युज

पाँचदलीय गठबन्धनबिना मुलुकको विकास असम्भव : देउवा

बुटवल। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनबिना मुलुकको विकास असम्भव भएको बताएका छन्। बुटवलमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा उनले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षका लागि पाएको जनमत आफैले सुरक्षा गर्न नसकेको बताए। उनले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि ओलीले संसद्मा विरोध सहन नसकेर संविधानविपरीत काम गरेको टिप्पणी उनले गरे।

संसद् विघटन गरेर ओलीले  राजा महेन्द्र, ज्ञानेन्द्रपछि ओली विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको उनको भनाइ थियो। यसमा ओलीपछाडि विदेशी शक्ति पनि सहभागी रहेको आरोप उनले लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved