सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री

मुख्यमन्त्री पोखरेलसँगै सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले पनि आचारसंहिताविपरीत सरकारी गाडी चढेर पार्टीको प्रचार कार्यक्रममा सहभागी भएका छन्।

नेपालभ्युज

सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली निर्वाचन आचारसंहिताविपरीत सत्ता गठबन्धनको चुनावी सभामा सहभागी भएका छन्। सरकारी गाडी चढेरै उनी चुनाव सभामा सहभागी भएका हुन्।

मुख्यमन्त्री पोखरेलसँगै सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले पनि आचारसंहिताविपरीत सरकारी गाडी चढेर पार्टीको प्रचार कार्यक्रममा सहभागी भएका छन्।

शुक्रबार कांग्रेस गण्डकीले आयोजना गरेको ५ वर्षीय संकल्पपत्र सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री पोखरेल र मन्त्री श्रेष्ठ सहभागी भएका हुन्। उनीहरूले सधैँ चढ्ने गाडी प्रयोग गरेका थिए।

कार्यक्रममा सहभागी भएको विषयमा प्रश्न उठेपछि पोखरेलले आफू कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा सभामा उपस्थित भएको बताए। तर, केन्द्रीय सदस्यको हैसियतमा गएको बताए पनि उनले सरकारी सुविधा र गाडी प्रयोग गरेका थिए, जुन नियमानुसार पाइँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved