दोस्रो एकदिवसीयमा जिम्बावे ‘ए’सँग भिड्दै नेपाल

पहिलो एकदिवसीयमा तीन विकेटको हार व्यहोरेको नेपाल आजको खेलमा जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो हारको बदला लिन चाहन्छ।

नेपालभ्युज

दोस्रो एकदिवसीयमा जिम्बावे ‘ए’सँग भिड्दै नेपाल

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पाहुना टोली जिम्बावे ’ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दोस्रो एकदिवसीयमा जिम्बावे ’ए’ विरुद्ध खेल्न लागेको हो। खेल बिहान साढे नौ बजे शुरु हुनेछ।

पहिलो एकदिवसीयमा तीन विकेटको हार व्यहोरेको नेपाल आजको खेलमा जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो हारको बदला लिन चाहन्छ।

जिम्बावे भने लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज कब्जा गर्ने लक्ष्यसाथ मैदानमा हुनेछ। यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved