आईपीएल- हैदरावाद २१ रनले पराजित

नेपालभ्युज

आईपीएल- हैदरावाद २१ रनले पराजित

काठमाडौं। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा सनराइजर्स हैदरावादलाई २१ रनले हराएको छ। जितसँगै दिल्ली क्यापिटल्सले प्लेअफको सम्भावना जीवितै राखेको छ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो।

यो जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै राखेको छ। बाँकी चारमध्ये कम्तिमा तीन खेलमा जित निकाल्न सके १६ अंकका साथ प्लेअफमा पुग्नेछ। दिल्ली १० खेलमा ५ जित र ५ हारसहित पाँचौ स्थानमा छ। यता, हैदरावादले प्लेअफमा पुग्न बाँकी चारमध्य कम्तिमा तीन खेलमा जित निकाल्नु पर्छ।

हैदरावाद पनि १० खेलमा ५ जित र ५ हारसहित छैटौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved