जगन्नाथलाई रामचन्द्र पौडेलको आग्रह : उम्मेदवारी निस्क्रिय बनाइदिनुस्

जगन्नाथको जवाफ : मेरो उम्मेदवारी कांग्रेस जोगाउन हो, गठबन्धनको पक्षमा छैन

नेपालभ्युज

जगन्नाथलाई रामचन्द्र पौडेलको आग्रह : उम्मेदवारी निस्क्रिय बनाइदिनुस्

भरतपुर। सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन्। भेटमा वरिष्ठ नेता पौडेलले उम्मेदवारी निस्क्रिय बनाएर गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरे।

तर, स्वतन्त्र उम्मेदवार पोडेलले भने आफू गठबन्धनको विपक्षमा रहेकाले कांग्रेस जोगाउनका लागि उम्मेदवारी दिएको बताए। उनले आफूले कुनै हालतमा उम्मेदवारी निस्क्रिय नबनाउने जवाफ दिए।

भरतपुरस्थित सिराइचुली होटलमा भएको भेटमा वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धनको आवश्यकताको विषयमा ब्रिफिङ गरे पनि स्वतन्त्र उम्मेदवार पौडेलले आफूलाई कांग्रेसले कारबाही गरिसकेको र आफ्नो उम्मेदवारी पार्टीबाट नभएर स्वतन्त्र भएकाले निस्क्रिय नहुने जवाफ दिएका छन्।

भेटमा जगन्नाथलाई मेयर पदको उम्मेदवारीमा प्रस्ताव गर्ने कृष्णलाल सापकोटा र समर्थन गर्ने मीना खरेल पनि उपस्थित थिए।

भरतपुरमा आज सत्तागठबन्धनले चुनावी सभा गर्दैछ। सोही सभामा सहभागी हुन भरतपुर पुगेका वरिष्ठ नेता पौडेलले उम्मेदवपार पौडेलसँग भेटेका हुन्। भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल मेयरको उम्मेदवार छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved