टी-ट्वान्टी सिरिज : जिम्बावेमाथि नेपालको आठ विकेटको जित

नेपालका लागि ओपनर शेखले १३ चौका र एक छक्काको मद्दतमा ५४ बलमा ८७ रन बनाए। भुर्तेलले २६ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३४ रन बनाए। बसिर अहमदले १० रन जोडे।

नेपालभ्युज

टी-ट्वान्टी सिरिज : जिम्बावेमाथि नेपालको आठ विकेटको जित

काठमाडौं। नेपाली क्रिकेट टिममले जिम्बावे ‘ए’ माथि आठ विकेटको जित निकालेको छ। टी–ट्वान्टी सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जित निकालेको हो।

१३७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १५ ओभर पाँच बलमा लक्ष्य भेट्टायो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो प्रदर्शन गरेपछि नेपालले २५ बल बाँकी छँदै जित निकाल्यो।

नेपालका लागि ओपनर शेखले १३ चौका र एक छक्काको मद्दतमा ५४ बलमा ८७ रन बनाए। भुर्तेलले २६ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३४ रन बनाए। बसिर अहमदले १० रन जोडे।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो।

उसका लागि रोय कैयाले ४१ बलमा सर्वाधिक ४९ रन बनाए। मरुमानीले २७ र लुकले २३ तथा इनोसेन्ट कैयाले १४ रन बनाए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले एक एक विकेट लिए।

पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने सिरिजको दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय सिरिजको तयारीस्वरुप नेपाले अहिले घरेलु मैदानमा जिम्बावे ‘ए’सँग अभ्यास गरिरहेको हो ।

आउँदो २३ जेठदेखि २ असारसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिजमा नेपाल, अमेरिका र ओमान रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved