दाङमा आइपुग्यो चार लाख ४३ हजार मतपत्र

नेपालभ्युज

दाङमा आइपुग्यो चार लाख ४३ हजार मतपत्र

दाङ। ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ। निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ। दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन्।

यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र पनि मतपत्रसँगै निर्वाचन आयोगले पठाएको निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved