नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाको कारण अवरुद्ध

खेलमा नेपालले राम्रो शुरुआत गरेको थियो। पहिलो ओभरको दोस्रो बलमा नै सोमपाल कामीले जिम्बावेका ओपनर इनोसेन्ट कैयालाई डक आउट गरेका थिए।

नेपालभ्युज

नेपाल र जिम्बावे ‘ए’ बीचको खेल वर्षाको कारण अवरुद्ध

काठमाडौं। नेपाल र जिम्बावे ‘ए’ बिचको दोस्रो टी–ट्वान्टी खेल वर्षाको कारण अवरुद्ध बनेको छ। त्रिवि खेल मैदान कीर्तिपुरमा भारी वर्षा भएको कारण खेल पुनः शुचारु हुने सम्भावना निकै कम छ।

सोमबारको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको पाहुना टोली जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ।

खेलमा नेपालले राम्रो शुरुआत गरेको थियो। पहिलो ओभरको दोस्रो बलमा नै सोमपाल कामीले जिम्बावेका ओपनर इनोसेन्ट कैयालाई डक आउट गरेका थिए।

यसपछि करण केसीले पाँचौँ ओभरको दोस्रो बलमा ताडिवानशेलाई २१ रनमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच आउट गराएका थिए। उनले ११ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए।

१३ बलमा ५ चौकासहित २२ रन जोडेका जिम्बावेका कुड्जाइ माउन्जे अविजित छन्।
तीन म्याचको टी–ट्वान्टी सिरिजको अघिल्लो दिनको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved