सबै शहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए। “शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरुलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो,” उनले दोहोर्‍याए।

नेपालभ्युज

सबै शहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ शहर श्रमिकको मेहनतबाट बनेको बताएका छन्। अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै शहर अहिलेको अवस्थामा आएको उल्लेख गरे।

विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको ओलीको भनाइ छ। मजदूरको लामो सङ्घर्षको आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको ओलीले बताए।

“मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो,” ओलीले भने, “र, तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो।”

विभेद र अत्याचार भएपछि मजदूर एकताबद्ध भएर आन्दोलन शुरु गरेको अध्यक्ष ओलीको भनाइ छ। “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो,” उनले भने, “वर्गीय समाज बनेदेखि नै मजदूरलाई विभेद हुँदै आयो।”

फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौं महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदका उम्मेदवार सक्षम र सबल रहेको दाबी गरे। एकजना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उनले जिकिर गरे।

हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम शुरु गरेको र उपप्रमुख डङ्गोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौंका स्थानीयको प्रतिनिधिका रुपमा रहेको ओलीको तर्क थियो। अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उनले दाबी गरे।

सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए। “शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरुलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो,” उनले दोहोर्‍याए।

उद्योग, श्रम, कृषि, व्यापार, बजार, सुरक्षा, सम्पदा, प्राकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालले गरेको ओलीले बताए। भने, “हाम्रो पहलमा बागमती, विष्णुमतीजस्ता धार्मिक नदी सफा गर्न अनेकन काम शुरु गरिएको थियो, अहिले त्यसमा केही सुधार आएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved