लिग वान : बराबरीमा रोकियो पीएसजी

स्टार्सबर्गसँगको बराबरीसँगै पीएसजीले ३५ खेलमा ७९ अंक जोडेको छ।

नेपालभ्युज

लिग वान : बराबरीमा रोकियो पीएसजी

काठमाडौं। अन्तिम समयमा गोल खाएपछि फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार्सबर्गसँग बराबरीमा रोकिएको छ।

३–२ गोल अन्तरले अघि रहेको समयमा घरेलु टोली स्टार्सबर्गका लागि खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा एन्टोनी कासीले गोल गरेपछि पीएसजी बराबरीमै रोकिएको हो।

त्यसअघि, पीएसजीका लागि केलियन एम्बाप्पेले दुई तथा अच्राफ हाकिमीले एक गोल गरे। स्टार्सबर्गका लागि केभिन गामिरोले तेस्रो मिनेटमै गोल गरेका थिए भने पीएसजीका मार्को भेराट्टीले आत्मघाती गोल उपहार दिएका थिए।

स्टार्सबर्गसँगको बराबरीसँगै पीएसजीले ३५ खेलमा ७९ अंक जोडेको छ।

पीएसजी लिग अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। यता, स्टार्सबर्ग भने ५७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved