तिलोत्तमामा गठबन्धनले ल्यायो प्रतिबद्धतापत्र, तलबभत्ता सामाजिक काममा लगाउने

नेपालभ्युज

तिलोत्तमामा गठबन्धनले ल्यायो प्रतिबद्धतापत्र, तलबभत्ता सामाजिक काममा लगाउने

बुटवल।  भ्रष्टाचारमुक्त तिलोत्तमा नगर भन्ने मुलमन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो।

नगरमा प्रमुखका उम्मेदवार रामकृष्ण खाँण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा,सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद ,कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग व्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ।

हालको करको दायरा फराकिलो बनाई योभन्दा अगाडिको तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा बन्द भएका उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगरप्रमुखका उम्मेदवार खाँणले बताए।

त्यस्तैगरी अव्यवस्थित तथा सुकुमबासी बस्तीलाई व्यवस्थित बनाई ५ वर्षभित्र सबैलाई लालपूर्जा वितरण गरी तिलोतमा नगरको भूमीहीन समस्या पूर्ण रूपमा निवारण गरिने उनको भनाइ छ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका तिलोत्तमा नगरभित्रका नागरिकहरूले नगरभित्रका बैंकहरूमा डलर पठाए प्रति १ हजार डलरमा १ हजार रुपैयाँ थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ।

उम्मेदवार खाँणले जनताबाट उठाएको करले सालिक,गेट, स्तम्भ भ्यूटावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताए। कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्रामस्थल बनाइने उनको भनाइ छ। नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved