सिनियर खेलाडीलाई पन्छाउँदै अल्मुतारीले बन्द प्रशिक्षणमा बोलाए यी १७ नयाँ खेलाडी

नेपालभ्युज

सिनियर खेलाडीलाई पन्छाउँदै अल्मुतारीले बन्द प्रशिक्षणमा बोलाए यी १७ नयाँ खेलाडी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा १७ नयाँ खेलाडी थपिएका छन्। एशियन कप छनोटको तयारीको लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिममा प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ खेलाडी थप गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण राष्ट्रिय टिमबाट प्रमुख १० खेलाडीहरू बाहिरिएपछि अलमुताइरीले नयाँ खेलाडीहरूलाई टिममा बोलाएका हुन्। बन्द प्रशिक्षण दौरान आफुहरूलाई होस्टलमा नभई होटलमा राख्नुपर्ने माग राख्दा प्रशिक्षकले टिमबाट निकालेको बाहिरिएका खेलाडीहरूको आरोप छ।

नयाँ खेलाडीलाई टोलीमा समेट्दै अलमुताइरीले शुक्रबार प्रशिक्षण शुरु गरिसकेका छन्। सोही खेलाडीसहित टिमले आज क्यामरुनको क्लब एफसी एभेनेरसँग मैत्रीपूर्ण खेल पनि खेल्दैछ। नेपालले आगामी जुनमा एशियन कप छनोटको तेस्रो चरणमा जोर्डन, कुवेत र इण्डोनेसियासँग खेल्दैछ।

बन्द प्रशिक्षणमा थप गरिएका खेलाडीहरू

विकेश कुथु (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक बराल (गोलकिपर), आकाश बुढा मगर, आशीष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जरगाह मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, संजोक राई, सेसेहाङ आङ्देम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ, सुशील राई।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved