काठमाडौं । २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता २२ र २३ वैशाखमा हुने भएको छ।
नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे मिति सार्वजनिक गरेको। प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ। प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिला र पुरुष गरी करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ ।
दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औं विश्व पौडी प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एशियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाए।
यस प्रतियोगिता १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनोट प्रतियोगितासमेत रहेको संघले जनाएको छ। प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए।
Facebook Comment
Comment