बागी उम्मेदवारलाई पार्टीमा फर्काउन चितवन आएको हुँः बालकृष्ण खाँण

नेपालभ्युज

बागी उम्मेदवारलाई पार्टीमा फर्काउन चितवन आएको हुँः बालकृष्ण खाँण

चितवन। चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँणले आफू बागी उमेदवारलाई पार्टीमा फर्काउन आएको बताएका छन्।

भरतपुर महानगरपालिकामा कांग्रेसबाट स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलको उमेदवारी फिर्ता गराउनउ उनी पार्टी सभापति देवाको निर्देशनमा चितवन आएका हुन्।

प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा खाँणले कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई सम्मान गर्न सकियोस् भनेर मन लिएर आफू भरतपुर आएको बताए। उनले स्वतन्त्रमा उमेदवारी दिएकाहरूले पार्टीमा गरेको योगदानलाई स्मरण गरेर उनीहरूको पार्टीमा निरन्रताका लागि आफू लागिरहेको बताए।

“पार्टीको निर्णयलाई सहजतापूर्वक लिनुहोस् र आफ्नो निर्णय फिर्ता लिनुहोस्,” खाँणले भने, “गठबन्धनलाई सहज रूपमा लिनुपर्दछ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनले पनि गठबन्धनलाई अनुमोदन गरेको छ।”

उनले महाधिवेशनमा सभापति देउवाले गठबन्धन सत्ताको साझेदारी मात्रै नभएर लोकतन्त्र र संविधानको रक्षाका लागि आवश्यक भनेको र महाधिवेशन प्रतिनिधिले त्यसलाई अनुमोदन गरिदिएको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved