धनगढी उपमहानगर- मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी

कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका लागि दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन्।

नेपालभ्युज

धनगढी उपमहानगर- मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका लागि दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि दलदेखि स्वतन्त्र गरी नगर प्रमुखमा दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चा पार्टीबाट अञ्जना श्रेष्ठ तथा स्वतन्त्रबाट व्यवसायी गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट (मुकुन्द)ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।

काँग्रेसको दुई पटक धनगढी नगर सभापति बनिसकेका वड पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। विद्यार्थी जीवनबाट नेकपा एमालेको राजनीतिमा होमिएका रणबहादुर चन्दले यस पटक नगर प्रमुखमा उम्मेदवार बनेका छन्। कैलाली पार्टी अध्यक्षका आकाङ्क्षी उनी रतन थापासँग पराजित भएका थिए।

यस पटक पनि स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका हमाल २०७४ सालको निर्वाचनमा काँग्रेस उम्मेदवार वडसँग २७ सय बढी मतले पराजित भएका थिए।

यस्तै उपप्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेतृ शान्ति अधिकारी, एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गा दत्त पन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved