महानगर र उपमहानगरमा एमालेले टुंगो लगायो मेयर र उपमेयरका उम्मेदवार (नामसहित)

काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डङ्गोल, विराटनगर र जीतपुर-सिमरा बाँकी

नेपालभ्युज

महानगर र उपमहानगरमा एमालेले टुंगो लगायो मेयर र उपमेयरका उम्मेदवार (नामसहित)

काठमाडौं नेकपा (एमाले) ले काठमाडौंसँगै पाँच महानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयरको उम्मेदवारको टुंगो लगाएको छ। जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित, उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी पूर्वमिस नेवाः सुनिता डंगोल र छन्।

शनिबार बसेको सचिवालय बैठकले ५ महानगरसँगै र १० उपमहानगरको पनि उम्मेदवार टुंगो लगाएको हो। ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाइएको छ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाइएको छ। दुवै महानगरको उमपेयरबारे भने टुंगो नलागेको बैठकपछि एक नेताले बताए।

विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार बैठकले टुंग्याउन सकेन। बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाको मेयर-उपमेयरबारे पनि निर्णय भएको छैन। बाराकै अर्को उपमहानगरपालिका कलैया र चितवनको भरतपुर महानगरपालिकाको पनि उपमेयरको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ।

यी हुन् टुंगो लगाइएका उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार

धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर : प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी
बुटवल : प्रमुख बाबुराम भट्टराई, उपप्रमुख सावित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्बू
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगीता चौधरी
कलैया : विनोद साह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved