राप्रपाले पत्रकार गिरिश गिरीलाई वीरगञ्ज मेयरको उम्मेदवार बनाउने

नेपालभ्युज

राप्रपाले पत्रकार गिरिश गिरीलाई वीरगञ्ज मेयरको उम्मेदवार बनाउने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्जको मेयरमा पत्रकार तथा लेखक गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ।

पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। त्यस्तै ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल मेयर पदको उमेदवार तय भएको उनले बताए।

गिरी संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ र वीरगन्जेली परिवेशको ‘वीरगञ्ज’ पुस्तकका लेखक हुन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved