कैलालीमा टुंगियो भागबण्डा : कांग्रेसले सात, माओवादीले चार र एसले दुई पालिका पाए

नेपालभ्युज

कैलालीमा टुंगियो भागबण्डा : कांग्रेसले सात, माओवादीले चार र एसले दुई पालिका पाए

धनगढी। कैलालीमा सत्ता साझेदार तीन दलबीच चुनावी तालमेल हुने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो।

सहमतिअनुसार कैलालीका १३ पालिकामध्ये प्रमुखमा ७ पालिका कांग्रेसलाई दिने निर्णय भएको छ। माओवादीलाई चार र नेकपा एसलाई दुई पालिकालाई दिने निर्णय भएको छ।

सहमतिअनुसार धनगढी उपमहानगरपालिकासहित टीकापुर, लम्कीचुहा र गोदावरी नगरपालिका कांग्रेसले पाएका छन्। यस्तै बर्दगोरिया, जोशीपुर र जानकी तीन गाउँपालिका पनि कांग्रेसको भागमा परेका छन्।

यसैगरी गौरीगंगा र भजनी नगरपालिका तथा कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाएका छन्। नेकपा एसलाई घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका दिने सहमति भएको छ।

स्थानीय निर्वाचन २०७४ मा कैलालीमा कांग्रेसले ४ र माओवादीले २ पालिका जितेको थियो। नेकपा एमालेले ७ पालिका जितेकोमा कुनै पनि प्रमुखले नेकपा एसमा प्रवेश गरेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved