पाल्पामा एसइईमा १२७ परीक्षार्थी अनुपस्थित

नेपालभ्युज

पाल्पामा एसइईमा १२७ परीक्षार्थी अनुपस्थित
फाइल फोटो

पाल्पा। पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पहिलो दिन शुक्रबार १२७ परीक्षार्थी अनुपस्थित भएका छन्। नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए।

परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन्। यहाँ परीक्षामा २६ केन्द्र निर्धारण गरिएको छ भने २६ केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २४२ निरीक्षक, ४९ परीक्षा सहायक, ९८ कार्यालय सहयोगी र ३९० सुरक्षाकर्मी परिचालन गरिएको छ।

विद्यार्थीको सङ्ख्या चार हजार ८४१ भए पनि पहिलो दिन १२७ विद्यार्थी अनुस्थित रहेको कार्यालयले जानकारी दिएको छ। परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गरिएको छ। परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ।

जिल्लामा पहिलो दिन शान्त वातावरणमा मर्यादित रुपमा परीक्षा भएको छ। विगत दुई वर्ष कोभिड–१९ को महामारीले सञ्चालन हुन नसकेको परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ। शुक्रबार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ। परीक्षा वैशाख २० गतेसम्म परीक्षा सञ्चालन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved