टिकट नपाएपछि कांग्रेस त्यागेका साहले गरे जनकपुरबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा

उनले जनकपुर उपमहानगरपालिकाका २५ ओटै वडामा कांग्रेसबाट राजीनामा दिएकै नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने बताए।

टिकट नपाएपछि कांग्रेस त्यागेका साहले गरे जनकपुरबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा

जनकपुरधाम। सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपछि नेपाली कांग्रेस जनकपुर सभापति मनोजकुमार साहले पार्टी परित्याग गरेका छन्।

गठबन्धनको निर्णयले असन्तुष्ट बनेका जनकपुरधाम उपमहानगरपालिका कांग्रेस नगरसमिति सभापति मनोजकुमार साह लगायतका नेता-कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी शुक्रबार सामूहिक राजीनामा दिएका हुन्।

साहले आफूसहित जनकपुरधाम वडा नम्बर १५ का वडासभापति र सयभन्दा बढी क्रियाशील सदस्यहरूले पार्टी परित्यागको गरेको जानकारी दिए। उनले भने, ‘‘हामी कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी आज देखि पार्टीबाट सामूहिक राजीनामाको घोषणा गर्दैछौं।”

उनले राजीनामाको घोषणा गरेर मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणाा समेत गरे। पार्टीका कार्यकर्ताहरूको भावना बुझेर स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेको उनको भनाइ थियो।

‘‘जनकपुरधाम कांग्रेसलाई नदिई जसपालाई दिने निर्णय आत्मघाती निर्णय हो, यसले काँग्रेस गढलाई समाप्त गर्ने प्रयास गरेको छ,” उनले भने, ‘‘हामीले सभापति शेरबहादुर देउवालाई निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका थियौं, तर निर्णय नसच्याएपछि पार्टी छाडेका हौँ।”

उनले जनकपुर उपमहानगरपालिकाका २५ ओटै वडामा कांग्रेसबाट राजीनामा दिएकै नेताहरूले स्वतन्त्र उम्मेदवारी दिने बताए।

मेयर जसपालाई दिने निर्णय सच्याउन साहले यसअघि २४ घण्टे अल्टिमेटम दिएका थिए। निर्णय सच्याउन शुक्रबार बिहान ११ बजेसम्म दिएको अल्टिमेटम सकिएपछि उनीसहितका नेताहरूले संयुक्त राजीनामा दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved