एरिक ह्याग बने म्यानचेस्टरको नयाँ प्रशिक्षक

नेपालभ्युज

एरिक ह्याग बने म्यानचेस्टरको नयाँ प्रशिक्षक

एजेन्सी । इंलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एरिक टेन ह्यागलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। ह्यागलाई आगामी सिजनका लागि युनाइटेडले प्रशिक्षक नियुक्त गरेको हो।

५२ वर्षीया यी डच प्रशिक्षकले युनाइटेडसँग तीन वर्षको सम्झौता  गरेका छन्। सहमतिका आधारमा थप एक वर्ष सम्झौता लम्ब्याउन सकिने पनि सम्झौतापत्रमा उल्लेख छ।

यसअघि गत नोभेम्बरमा ओले गुनर सोल्सक्जैर युनाइटेडको प्रशिक्षकबाट बर्खास्तीमा परेका थिए। त्यसयता अन्तरिम प्रशिक्षक राल्फ रांगनिकले युनाइटेडको टोली सम्हालिरहेका छन्। सिजनको अन्त्यसम्म रांगनिकले नै प्रशिक्षण सम्हाल्नेछन्।

त्यसपछि अर्को सिजन रांगनिक परामर्शदाताको भूमिकामा हुनेछन्।

सन् २०१३ मा एलेक्स फर्गुसनले सन्यास घोषणा गरेयता म्यानचेस्टरमा मुख्य प्रशिक्षक बनेर आउने ह्याग पाँचौं व्यक्ति हुन्। उनले अहिले डच क्लब अज्याक्सलाई प्रशिक्षण दिइसकेका छन्। युनाइटेडसँगको सम्झौताअनुसार उनले अज्याक्सलाई यस सिजनको अन्त्यसम्म प्रशिक्षण दिनेछन् र नयाँ सिजनमा युनाइटेड आउनेछन्।


Comment

One thought on “एरिक ह्याग बने म्यानचेस्टरको नयाँ प्रशिक्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved