औषधि उत्पादनमा सहयोग गर्ने डब्लूएच‌ओका महानिर्देशक टेड्रोसको आश्वासन

नेपालभ्युज

औषधि उत्पादनमा सहयोग गर्ने डब्लूएच‌ओका महानिर्देशक टेड्रोसको आश्वासन

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसले नेपालमा औषधि उत्पादनमा सहयोग गर्ने आश्वासन दिएका छन्। महानिर्देशक टेड्रोसले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाईभ भेट्न पुगेका थिए।

भेटमा नेपालमा औषधि उत्पादमा सहयोग गर्न आग्रह गरेकोमा टेड्रोसले सकारात्मक प्रतिक्रिया दिएको मन्त्री खतिवडाले बताए।

त्यसगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको मन्त्री खतिवडाले बताए।

महानिर्देशक डा. टेड्रोसले शुक्रबार प्रधानमन्त्री राष्ट्रपति वि्द्यादेवी भण्डारी र शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ। त्यसैगरी उनले टेकू अस्पतालको कोरोना ल्याब निरीक्षण गर्ने, पाटन स्कूलको निरिक्षण गर्ने लगायतको कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved