ओली सरकारका कार्यक्रम कटौती गरेकाले अर्थतन्त्रमा समस्या आयो : ज्ञवाली

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अघिल्लो केपी ओली सरकारले ल्याएको बजेटका कार्यक्रम कटौती गरेकाले अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन्।

अघिल्लो सरकारले ल्याएको बजेट लोकप्रिय र अर्थतन्त्र चलायमान बनाउने दाबी गर्दै उनले ती कार्यक्रम कटौती गरेकाले अर्थतन्त्रमा समस्या आएको दाबी गरे। बुद्धिजीबी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधान अन्तर्क्रिया कार्यक्रममा उनले अहिलेको सरकार जनताले अनुमोदन नगरेको सरकार भएकाले मुलुकको अर्थतन्त्रमा संकट आएको बताए।

अहिलेको संकटउन्मुख अर्थतन्त्रको विषयमा अर्थतन्त्रका जानकारहरूले निरन्तर खबदारी गर्नुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved