सूर्यनाथ उपाध्यायलाई हेमबहादुर मल्ल सम्मान

नेपालभ्युज

सूर्यनाथ उपाध्यायलाई हेमबहादुर मल्ल सम्मान
फाइल फोटो

काठमाडौं। हेमबहादुर मल्ल सम्मान, २०७६ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ। नेपाल जनप्रशासन संघले उपाध्यायले सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गर्दै नग सम्दमानपत्रसहित रू दुई लाखले सम्मान गर्ने निर्णय गरेको हो।

उपाध्यायलाई ११ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त सम्मान वितरण गरिनेछ।

पुरस्कार छनोट समितिमा पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र जीवन प्रभा लामा रहेका थिए।

वि.सं. १९९५ मा बागलुङमा जन्मिएका स्वर्गिय हेमबहादुर मल्लले साल्ट ट्रेडिङको नेतृत्व तहमा रहँदा गरेको उत्कृष्ट कामको कदरस्वरूप उनको सम्झनामा यो पुरस्कार स्थापना गरिएको थियो। साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, निर्देशक, प्रमुख सल्लाहकार र अध्यक्ष लगायतको पदमा रहेर सेवा गरेका मल्लको २०५७ सालमा हृदयघातबाट निधन भएको थियो।

हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत र डा. गौरीशंकरलाल दास सम्मानित भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved