बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

नेपालभ्युज

बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं। बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन अनुरोध गरेको छ।

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झन्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ।

सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुई पटक खुवाइँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved