सप्तरीमा आगलागी, तीन घर जलेर नष्ट

नेपालभ्युज

सप्तरीमा आगलागी, तीन घर जलेर नष्ट
सांकेतिक तस्वीर।

सप्तरी । सुरुङ्गा नगरपालिका–३ मा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भई आगलागी भएको आशंका गरिएको छ। सो आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved