बिस्काः जात्रामा भैरवनाथको रथले किचेर वृद्धको मृत्यु

नेपालभ्युज

बिस्काः जात्रामा भैरवनाथको रथले किचेर वृद्धको मृत्यु

भक्तपुर। बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ। जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो।

मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका छन्। रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले कसपाललाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

जात्रामा अप्रिय घटना भए पनि रथ तान्ने क्रम भने रोकिएको छैन। बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ। दुवै टोलको परिक्रमापछि टौमढीमा रथ पुर्‍याएपछि जात्रा सम्पन्न हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved