सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भोलि साढे ११ बजे पुनः बोलाइयो

नेपालभ्युज

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भोलि साढे ११ बजे पुनः बोलाइयो

काठमाडौं। सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन।

सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो।

तर धेरै ठाउँमा सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोली (मंगलबार) साढे ११ बजे पुनः बैठक बोलाइएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved