दिल्ली क्यापिटल्स क्याम्पमा थप दुई कोरोना संक्रमित

नेपालभ्युज

दिल्ली क्यापिटल्स क्याम्पमा थप दुई कोरोना संक्रमित

काठमाडौं। भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को टिम दिल्ली क्यापिटल्स्को क्याम्पमा थप दुई जनामा कोभिड संक्रमण भएको पुष्टि भएको छ। सोमबारको र्‍यापिड एन्टिजेन टेष्टमा एक विदेशी खेलाडी र टिमका अर्का एक सहायक सदस्यलाई संक्रमण देखिएको हो।

यसअघि नै गतहप्ता टिमका फिजिओ प्याट्रिक फारहार्टलाई कोभिड संक्रमण भएपछि उनी आइसोलेशनमा थिए। थप दुई सदस्यमा कोभिड पुष्टि भएपछि दिल्लीको पूरै टिम हाल क्वारेन्टाइनमा पुगेको छ।

दिल्लीले आईपीएलमा आगामी बुधबार पुनेमा पन्जाब किंग्स्सँग खेल्ने तालिका थियो। अब यो कोभिडको कारणले दिल्लीको आगामी खेलहरू प्रभावित बन्छ वा बन्दैन यकिन छैन। तर दिल्लीको आज निर्धारित पुनेको यात्रा भने रद्द भएको छ।

आज र भोलिको कोभिड परीक्षण पछि मात्र भारतीय क्रिकेट बोर्डले दिल्लीको आगामी खेलबारे निर्णय दिने बताइएको छ।

हाल भारतमा फेरि कोरोना संक्रमितको संख्या बढिरहेको छ। जसले जारी आईपीएललाई पनि प्रभावित पार्न सक्ने संकेत देखाएको छ। गत वर्षको आईपीएल दौरान पनि एकै पटक धेरै खेलाडी र सहयोगी सदस्य संक्रमित भएपछि प्रतियोगिता बीचैमा रद्द भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved