सत्ता गठबन्धनमा जुटेन सहमति, साँझ फेरि बैठक बस्ने

बिहान नौ बजेदेखि बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएपछि नेताहरु बैठकस्थलबाट बिनाप्रतिक्रिया बाहिरिएका छन्।

नेपालभ्युज

सत्ता गठबन्धनमा जुटेन सहमति, साँझ फेरि बैठक बस्ने
फाइल तस्वीर

काठमाडौं। सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकिएको हो।

सिट बाँडफाँटको टुंगो लगाउनका लागि बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो। हिजो आइतबार बसेको बैठकले स्थानिय तहको सिट बाँडफाँट आज टुंग्याउन गवठबन्धन कार्यदललाई निर्देशन दिएको थियो।

तर, हिजो दिउँसो बसेको कार्यदल बैठकमा दलहरुको बीचमा महानगर तथा उपमहानगरको सन्दर्भमा कुरा मिल्न सकेको थिएन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आज साँझ पुनः बैठक बस्ने र सिट बाँडफाँट टुंगिने बताए। आफ्नो पार्टीभित्र छलफल गरेर साँझ फेरि नेताहरु जुट्ने उनले बताए।

बिहान नौ बजेदेखि बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएपछि नेताहरु बैठकस्थलबाट बिनाप्रतिक्रिया बाहिरिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved