वर्षको पहिलो कारोबार दिन ३० अंकले घट्यो शेयर

नेपालभ्युज

काठमाडौं। २०७९ सालको पहिलो कारोबार दिन शेयर बजारको शुरुआत दोहोरो अंकको गिरावटबाट भएको छ। आज नेप्से परिसूचक २९ दशमलव ६० अंकले घटेको छ।

नेप्से सूचक दुई हजार ३८५ दशमलव ६४ बिन्दुमा झरेर बन्द भएको छ। आज १३ ओटै उपसमूहको शेयर मूल्य घटेको छ।

कारोबारमा आएका २३३ धितोपत्रमध्ये नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य भने १० प्रतिशतले बढेको छ भने त्यसपछि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य ४ प्रतिशतले वृद्धि भएको छ।

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार एक अर्ब ४४ करोड रुपैयाँको ३४ लाख ७ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved