‘महानगर र उपमहानगरबाहेक स्थानीय तहमा तालमेलका लागि बाध्य पार्दैनौँ’

सत्ता घटक दलहरूबीच तालमेल हुन नसकेका स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न नपाइने उनले बताए।

नेपालभ्युज

‘महानगर र उपमहानगरबाहेक स्थानीय तहमा तालमेलका लागि बाध्य पार्दैनौँ’
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकामा सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल हुने बताएको छ। अन्य स्थानीय तहमा भने तालमेल गर्नैपर्ने निर्देशन नदिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहेको बेला सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले केन्द्रबाट अन्य स्थानीय तहमा तालमेलका लागि निर्देशन नदिने बताएका हुन्।

‘‘महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ, यहाँबाट कुनै निर्देशन जाँदैन,” उनले भने, ‘‘उहाँहरूले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो हामीले बाध्य पार्दैनौँ।”

तर तालमेल हुन नसकेका स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न नपाइने उनले बताए। तालमेल नभएका ठाउँमा सत्ता साझेदार दलहरूबीच मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved