बुटवल पुगेर कमल थापाले भने, ‘नेपालमा राजसंस्था पुनःस्थापनाको सम्भावना सकियो’

अध्यक्ष थापाले राप्रपापछि राप्रपा नेपालमै समाहित हुने बताए। उनले अहिले पनि आफूले बनाएको पार्टीमा नयाँ टिम आएजस्तै राप्रपा नेपालमा समाहित हुने बताए।

नेपालभ्युज

बुटवल पुगेर कमल थापाले भने, ‘नेपालमा राजसंस्था पुनःस्थापनाको सम्भावना सकियो’

बुटवल। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्थाको पुनःस्थापनाको सम्भावना बन्द भएको बताएका छन्। राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकोले अब राजसंस्था पुनःस्थापना नहुने बताएका हुन्।

बुटवलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष थापाले राप्रपाले राजसंस्था पुनःस्थापनाको एजेन्डा बोक्दा हिन्दु राज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना भएको बताए।

थापाले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ती हावी भएपछि नयाँ पार्टी पुनर्जागृत गरेको बताएका छन्। उनले आफू पार्टीमा रहेको १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको बताए। उनले आफूलाई धनी बाउको संज्ञा दिँदै बाउको खर्चमा रमाएको बताए।

“अहिले राप्रपाको चहलपहल धनी बाउले कमाइदिएकोमा रजगज गरेको हो। हामिले कमाइदिएको पूँजीमा अहिलेका साथीहरु रमाउनु भयो,” राप्रपामा अहिले कमाउन सक्ने कोही नभएको बताउँदै थापाले भने, “आर्जन गर्ने क्षमता गर्ने छ जस्तो लाग्दैन। पूँजी सकिएपछि आफ्नो स्थानमा आउनुहुन्छ।”

अध्यक्ष थापाले राप्रपापछि राप्रपा नेपालमै समाहित हुने बताए। उनले अहिले पनि आफूले बनाएको पार्टीमा नयाँ टिम आएजस्तै राप्रपा नेपालमा समाहित हुने बताए।

थापाले पार्टी स्थापनाको दुई महीनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै उनले आधा दर्जन बढी भ्रातृसंगठन निर्माण भएको बताए। उनले राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र सुशासनको एजेन्डा लिएर अगाडि बढेको बताए।

अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने बताए। उनले उपस्तिथि हेरेर जिल्ला कमिटीले आफ्नो दाबी गर्ने बताउँदै कति स्थान पाउने भन्ने निर्णय नभएको बताए ।

“राप्रपा नेपालले चुनावमा भाग लिनेछ। यो पटक हाम्रो पार्टीको पहिलो निर्वाचन भएकोले यसमा हाम्रो ठूलो महत्वाकांक्षा र अपेक्षा छैन,” थापाले भने, “सम्मानजनक उपस्थिति र पार्टीले खुट्टा टेक्ने ठाउँ बनाउने छ।”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर निर्वाचन लड्ने बताए । भने, “केपी ओलीको नेतृत्वको नेकपा एमालेले राष्ट्रियता, स्थिरता र समृद्धिको पक्षमा अडिलो नीति ल्याएकोले सहकार्य गर्ने निर्णय गरेका हौँ।”

थापाले यो पटक आफूहरु एमालेको सूर्य चिन्हबाट निर्वाचन लड्ने बताए। भने, “हाम्रो चुनाव चिह्न तिर हो। हाम्रो चुनाव चिह्नको बारेमा बुझाउन समय लाग्ने भएकोले सूर्यमा लड्नेछाँै।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved