साँझसम्म खाका आउँछ, भोलि गठबन्धनको टुङ्गो लाग्छ : प्रचण्ड

“आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ,” प्रचण्डले भने, “हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।”

नेपालभ्युज

साँझसम्म खाका आउँछ, भोलि गठबन्धनको टुङ्गो लाग्छ : प्रचण्ड
फाइल तस्वीर

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए।

“आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ,” प्रचण्डले भने, “हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।”

निर्वाचनको समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए।

पत्रकारको प्रश्नमा उनले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिए।

“केही समस्या हुँदैन सबै टुङ्गिन्छ,” प्रचण्डले भने, “आरामसँग टुङ्गिन्छ।”

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved