युक्रेनमा हतियार उपलब्ध नगराउन अमेरिकालाई रूसको चेतावनी

नेपालभ्युज

युक्रेनमा हतियार उपलब्ध नगराउन अमेरिकालाई रूसको चेतावनी

एजेन्सी। युक्रेनमा हतियार उपलब्ध नगराउन अमेरिकालाई रूसले चेतावनी दिएको छन्। बाइडेन प्रशासनले युक्रेनलाई हतियार दिने काम जारी राखे नसोचेको नतिजा भोग्‍नुपर्ने चेतावनी रूसले दिएको हो।

रूसी विदेश मन्‍त्रालयकी प्रवक्ताका अनुसार अमेरिका र अन्य देशहरूलाई हतियार उपलब्ध नगराउन आग्रह गर्दै रूसले कुटनीतिक नोट समेत पठाइसकेको छ।

”हामीले अमेरिका र उसका सहयोगीहरूलाई युक्रेनमा गैर जिम्मेवार सैन्यकरण बन्द गर्न आग्रह गरेका छौं। यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा नसोचेको परिणाम निम्त्याउनसक्छ,” अमेरिकालाई रूसले पठाएको कुटनीतिक पत्रमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved