भरुवा बन्दुक पड्किएर एकको मृत्यु

दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए।

नेपालभ्युज

भरुवा बन्दुक पड्किएर एकको मृत्यु
सांकेतिक तस्वीर।

कलैया। भरुवा बन्दुक पड्किएर गएराति बारामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए।

उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताए। उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी, आज बिहान स्कर्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईँ रहेका प्रहरीले जनाएको छ।

पूर्व-पश्चिम लोक राजमार्ग सडकखण्डको आधाभार जङ्गलमा सिमराबाट हेटौँडातर्फ जाँदै गरेको बा १९ च ४३७७ नंको स्कर्पियो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

अन्य १३ जनामध्ये एक जना गम्भीर घाइते छन् भने बाँकी सबै समान्य रहेका र उनीहरुको वीरगञ्ज, सिमराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved