नवौं राष्ट्रिय खेलकुद पोखरामा गर्ने सरकारको निर्णय

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद पोखरामा गर्ने सरकारको निर्णय
फाइल तस्वीर।

काठमाडौं । सरकारले आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा युवा तथा खेलकुद मन्त्रालयले गरेको प्रस्ताव पारित भएको हो। बैठकले खेलकुद प्रतियोगिता आगामी २२-२८ जेठमा हुने निर्णय गरेको हो।

यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनीमा भएको थियो। कोरोना महामारीका कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सर्दै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved