सप्तरी कांग्रेस उपसभापतिको परिणाम उल्टियो, ६ मतले पराजित यादव १ मतले विजयी

नेपालभ्युज

सप्तरी कांग्रेस उपसभापतिको परिणाम उल्टियो, ६ मतले पराजित यादव १ मतले विजयी

जनकपुरधाम। नेपाली कांग्रेस सप्तरीको उपसभापतिको परिणाम उल्टिएको छ।

एक महीनाअघि भएको नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा उपसभापति पदमा ६ मतले पराजित भएका उम्मेदवार पुनः गरिएको मतगणनामा १ मतले निर्वाचित भएका छन्।

२४ फागुनमा भएको निर्वाचनको मत परिणामअनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्द १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत प्राप्त गरी निर्वाचित भएका थिए।

डा शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरी ९ सय ५४ मत प्राप्त गर्दै पराजित भएका थिए।

रामप्रसादसँग ६ मतले पराजित भएका रामकुमारले पुनः मतगणना माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए।

केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त सक्कल मतगणना रजिष्टर र मतगणना सिटसमेत जाँच गरी हेर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मात्रै देखिएको भन्दै यादवलाई उपसभापतिको प्रमाण पत्र दिएको छ।

रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित यादवको नाममा उपसभापति पद निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved