कांग्रेसबाट मेयरको टिकट नपाइने देखेर माओवादी प्रवेश

नेपालभ्युज

कांग्रेसबाट मेयरको टिकट नपाइने देखेर माओवादी प्रवेश

जनकपुरधाम। नेपाली कांग्रेसका युवा नेता तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन्।

महोत्तरीको मठिहानी नगरपालिकाको मेयर मा चुनाव लड्ने तयारी गरिरहेका उनले नेपाली कांग्रेसबाट टिकेट नपाउने अवस्था देखेर माओवादीमा गएको चर्चा छ।

मण्डल नेपाल पत्रकार महासंघ महोत्तरीको अध्यक्षमा कांग्रेसनिकट नेपाल प्रेस युनियनबाट निर्वाचित भएका थिए।विगत एक महीनादेखि मठिहानी मेयर टिकट प्राप्तिका लागि कांग्रेसमा प्रयासरत रहेका उनी यता टिकट नपाउने अवस्था देखेपछि मेयरको टिकट पाइने आशमा माओवादीमा प्रवेश गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved